समाचार
१४ औ नगर सभाको अधिवेशन ।
आज मिति २०८१।०३।१० गते राइनास नगरपालिकाको १४ औ नगरसभाको अधिवेशन नगर प्रमुख श्री खड्ग बहादुर गुरुङ ज्यूले पानसमा बत्ती बालेर उद्धघाट सम्पन्न भयो । सभामा नगर प्रवक्ता एवम् वडा नं. ०६ का वडा अध्यक्ष श्री गोविन्द चिलुवाल ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख ज्यूले आ.व. २०८१/८२ को लागि नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो भने नगर उप प्रमुख श्री पुष्पराज खनाल ज्यूले आ.व. २०८१/८२ को अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको ऐन २०८१ , आ.व. २०८१/८२को संक्षिप्त बजेट विवरण तथा आ.व. २०८०/८१ को हालसम्मको कार्यप्रगती विवरण पेश गर्नु भएको थियो । उद्धघान समारोहको समाप्ति सँगै दोस्रो बन्द सत्रबाट आ.व. २०८१/८२ को लागि नीति तथा कार्यक्रम तथा आ.व. २०८१/८२ को अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको ऐन २०८१ सर्वसम्मतत पारित भयो।