समाचार
राईनास नगरपालिकामा बाताबरण दिवस फलफुलका बिरुवा रोपी मनाइयो।
आज बिश्व बाताबरण दिवस ! World Environment day को अवसरमा यस राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा, उप-प्रमुख श्री धन कुमारी गुरुङ र सम्पूर्ण नगरपालिकाका कर्मचारी ध्दारा नगरपालिका परिषद भित्र फलफुलका बिरुवा रोपी बाताबरण दिवस-२०७५ को नारा "एक नेपाली एक फलफुलको बिरुवा " को कार्यक्रम सफलताका साथ मनाइयो।