राइनास नगरपालिकाको संक्षिप्त परिचय ("राइनास नगरः कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री शहर")

नेपालको करिब मध्ये भागमा अवस्थित पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने राइनास नगरपालिकाको गठन वि.सं. २०७२ साल आश्विन १ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलार्इ समेटेर बनाएको हो ।
भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू-भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ । लमजुङ जिल्लाका पाँच वटा नगरपालिका मध्ये यस राइनास नगरपालिकालार्इ अनेकौ डाँडाकाडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर ,हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् । यिनै प्राकृतिक परिदृश्यमा यसले आ-आफ्नै मौलिकता अस्तित्व बोकेको छ । लमजुङ गार्खा भएर बग्ने पवित्र र स्वच्छ एंव निर्मल जलले बोराङ्खोला देखि साहिलीटार, टिमुरे, सातविसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमवेशी हुँदै चेपेघाट सम्म समथर खेतबारी र ठूला ठूला टारहरु सिंचित भएका छन् । यो फाँट तथा टारहरुमा बाह्रै महिना हराबरा बालीहरु लगाइरहेका हुन्छन् । यसकारण यस चम्पावती नदीलार्इ यस नगरपालिकाको महत्वपूर्ण गहनाका रुपमा लिन सकिन्छ । अझै उच्च तर्फ हेर्ने हो भने राइनासकोट र यसको अगलवगलमा जति हेरे पनि नअघाइने प्रकृति र विविध सँस्कृतिका गाँउ बस्तीहरु एंव हिमशृङ्खलाहरु देख्न पाइन्छ ।