राइनास नगरपालिका कार्यालयको आधिकारिक वेबसाइटमा यँहालाई स्वागत छ । सूचना तथा समाचार, तथा तपाईका गुनासाहरु यस माध्यमबाट पनि राख्न सकिन्छ।

फोटो ग्यालरी

राइनास नगरपालिकाका लेखा अधिकृत श्री कृष्ण प्रसाद बसाैला ज्यू  काजमा बेशिसहर नगरपालिकामा  सरूवा हुनु भएकाे र उहाकाे अागामि कार्यभारकाे सफलताकाे कामना गर्दछाै ।

, , , ,

राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा ज्युकाे अध्यक्षतामा  सम्पुर्ण जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख हरुको उपस्थितिमा एकिकृत शहरी विकास योजना तयारी सम्वन्धी अभिमुखिकरण तथा दुरदृष्टी कार्यशाला गोष्टी सम्पन्न भएको छ।उक्त गोस्टिमा नगरपालिका भित्र का मुख्य २  परियोजनालाई ३०-४० करोड लगानी गरि उक्त  परियोजना सम्पन्न गराउने जानकारी प्राप्त भयो ।  

, , ,

राइनास नगरपालिका का मेयर श्री सिंह बहादुर थापा ज्यू को अध्क्षयतामा सम्पूर्ण जननिर्वाचित प्रतिनिधि र कर्मचारीको उपस्थितिमा हिजो मिति २०७५/०४/०६ गते का दिन धरान उप-महानगरपालिकाका मेयर श्री तारा सुब्बा ज्यू को येही श्रवण १ गते असामहिक निधन भएकोमा हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सभा गरि हिजो को दिन नगरपालिकाको सम्पूर्ण काम कारबाही बन्द गरियो।

,

राइनास नगरपालिकाको तेस्रो नगरसभाको उत्घाटन समारोह हिजो मिति २०७५/०३/१० गते प्रदेश न. ४ का  भौतिक तथा पुर्बधार मन्त्रि श्री रामशरण बस्नेत ज्युको प्रमुख आथित्यमा सम्पन्न भएको छ।सोही अवसरमा राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा ज्यु ले आ.व. २०७५/७६ को नीति तथा कार्येक्रम प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, बिषयगत बिज्ञ तथा स्थानिय जनमानसको बाक्लो उपस्थिति रहेको थियो। नगर प्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सम्पूर्ण क्षेत्र ओगटिएको र पूर्ण सफल कार्यान्यनको लागि सम्पूर्ण उपस्तित अतिथि गणले शुभकामना व्यक्त गर्नुभयो। साथै केहि उपस्थितिले भने प्रस्तुत नीति तथा कार्यक्रम व्यवारिक भन्दा बडी सैदान्तिक भएको धरणा ब्यक्त गर्नुभयो। 

, , , , , ,

आज बिश्व बाताबरण दिवस ! World Environment day  को अवसरमा यस राइनास नगरपालिकाका नगर प्रमुख श्री सिंह बहादुर थापा, उप-प्रमुख श्री धन कुमारी गुरुङ  र सम्पूर्ण नगरपालिकाका कर्मचारी ध्दारा नगरपालिका परिषद भित्र फलफुलका बिरुवा रोपी बाताबरण दिवस-२०७५ को नारा "एक नेपाली एक फलफुलको बिरुवा " को कार्यक्रम  सफलताका साथ मनाइयो।

, , , ,